मालुटारलाई पराजित गरेर हिरो बजार तीनधारे अन्तिम चारमा

खरसाङ (निसं): तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा सम्पन्न भइरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा हिरो बजार तीनधारेले मालुटारलाई पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ। आजको दोस्रो क्वार्टर फाइनल खेलमा हिरो बजारले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा सबै विकेट गुमाएर 122 रन बनाएको थियो। हिरो बजारको पक्षमा घोलेद्वारा सर्वाधिक 27, विवेक दर्नालले 26 र रोहणले 23 रन बनाए। 123 रनको लक्ष्यलाई खेदो गर्दै मालुटारले निर्धारित 15 ओभरमा 8 विकेट गुमाएर केवल 67 रन मात्र बनाउन सफल बन्यो। मालुटारको पक्षमा ब्याटर निलेसले सर्वाधिक 22 रनको योगदान दिए। आजको खेलमा 26 रन बनाएर 2 विकेट लिने हिरो बजारका खेलाड़ी रोहण दर्नाल ‘म्यान अफ् द म्याच’ चयन भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *