मालुटार र घुम्तीका 5 जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि फर्किए घर

खरसाङ : खरसाङको मालुटार क्षेत्रमा केही दिन अघि चारजना कोरोना पोजेटिभ भेट्टाएपछि उपचारको लागि सिलगढी लगिएको थियो भने ती चारैजनाको कोरोना टेस्टको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ। कोरोना टेस्टको रिपोर्ट नोगेटिभ आएपछि मालुटारको चारैजनालाई हिजो राति सिलगढीको कोभिड अस्पतालबाट छुट्टी दिएको सुकना खण्ड स्वास्थ्य अधिकारीले जानकारी दिएको छ। अस्पतालबाट छुट्टी भएपछि तिनीहरू गत राति नै मालुटार घर आइपुगेका छन्।  यसरी नै तीनधारे-महानदी समष्टि अन्तर्गत पर्ने घुम्ती कमानको एकजनाको रिपोर्ट पनि आज नेगेटिभ आएपछि मालुटारको चारजना र घुम्तीको एकजना गरेर मोठ पाँचजनाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ। यस अवसरमा सर्भिलेन्स कमिटी तीनधारे महानदी समष्टिका चिफ को-अर्डिनेटर राजीव थापाले समष्टिको सबै जनसाधारणलाई भयभीत नभईदिने अपील गर्दै सचेत र सुरक्षित रहने आह्वान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *