मामाको घरमा गएका दिव्याङ्ग बालकको पोखरीमा डुबेर मृत्यु

अलिपुरद्वार : मामाको घरमा घुम्न गएका 8 वर्षीय दिव्याङ्ग बालकको पोखरीमा डुबेर मृत्यु भएको घटना प्रकाशमा आएको छ। उक्त अलिपुरद्वारको फालाकाटा ब्लकको धनीरामपुर 1 नम्बर  ग्राम पञ्चायतको देवमाली इलाकामा घटेको हो। मृतक बालक अमित बर्मनको रूपमा चिन्हित गरिएको छ। अमित खेल्दा खेल्दै घरको छेउमै रहेको पोखरीमा डुबे तापनि कसैले पत्तो पाएनन्। यसपछि अमितको शव पोखरीमा तैरिरहेको अवस्थामा छिमेकीले देखे। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। पुलिसले अस्वाभाविक मृत्युको मामिला दर्ता गरेर आज शव पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *