माम खोला दुर्घटनामा निखोज भएका दुई श्रमिकको परिवारलाई अनित थापाद्वारा 50 हजार राशि सहयोग

कालेबुङ : राष्ट्रिय राजमार्ग 10 को माम खोला दुर्घटनामा लापत्ता भएका विकास तामाङ र अरूण राईको परिवारलाई गोजमुमो 2 का कार्यवाहक अध्यक्ष अनित थापाले हिजो साँझमा तिनीहरूकै घरमा पुगेर प्रत्येकलाई आर्थिक सहयोग 50 हजार रुपियाँ प्रदान गरे। माम खोला दुर्घटनाको खबर पाएपछि दिनभरि पार्टीको कतिपय पूर्व निर्धारित कार्यक्रमहरूमा दार्जिलिङमा व्यस्त देखिए तापनि साँझमा अनित थापा कालेबुङ आइपुगेका थिए। यहाँ तिनले दुर्घटनामा निखोज श्रमिक विकास तामाङ र अरूण राईको परिवारका सदस्यहरूसित भेट गर्नको साथै आर्थिक सहयोग पनि प्रदान गरे।


यस अवसरमा तिनले पत्रकारहरूसितको कुराकानीमा भने, जीवन नष्ट हुनु ठुलो क्षति हो। यस्तो आपत कसैलाई पनि आइनपरोस्। यसको साथै तिनले प्रोजेक्ट तथा सम्बन्धित घटना विषयमा रेलवेका महाप्रबन्धकसित पनि कुराकानी गर्ने अनि आपदा समिति गठन गरेर मात्र कार्य शुरू गर्नुपर्ने बताए। विकास हुँदै गर्छ तर सबैभन्दा मुख्य कुरो के हो भने मानिसको जीवन हो भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *