मामरिङ-तोरयोकका नानीहरूलाई जीटीए अध्यक्षले दिए बधाई

मङ्पु: युवा वेलफेयर डिपार्टमेन्ट, पश्चिम बंगाल सरकारको आयोजनामा विभिन्न बिधालाई लिएर हालै आयोजना गरिएको बिशेष कार्यक्रममा मामरिङ-तोरयोक सामजिक बिकास मञ्चका नानीहरुले सांस्कृतिक कार्यक्रमको नृत्य प्रतियोगितामा अंशग्रहण गरेर लेप्चा नृत्य प्रस्तुत गर्दा राज्य भरिमा प्रथम स्थान हासिल गर्न सफल बनेको थियो।


आज ती नानीहरू लगायत लेप्चा प्रतिनिधि टोलीका सदस्यहरूलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अध्यक्ष अनित थापा, खरसाङ थाना आईसी नवेन्दु सरकारले भेट गरेर स्वागत जनाउँदै बधाईं पनि दिए। यस अवसरमा सामाजिक विकास मञ्चको कर्मठ सदस्य तथा शिक्षक कमल रसाइलीको सक्रियतामा गएका लेप्चा टोलीलाई सभापति पासाङ शेर्पा, सचिव जितेन्द्र खवास, सहसचिव राजु खवास, बीएम खवास, हेमन्त राई आदिले पनि स्वागत गरेर बधाई दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.