ममता ब्यानर्जीद्वारा मुख्यमन्त्री पदको शपथ ग्रहण

पश्चिम बङ्गालको मुख्यमन्त्रीको पदमा आज तेस्रोपल्ट ममता ब्यानर्जीले शपथ ग्रहण गरिन्। कोलकाताको राजभवनमा एउटा कार्यक्रमबीच तृणमूल नेत्री ममता ब्यानर्जीलाई राज्यपाल जगदीप धनखडले शपथ ग्रहण गराए। हाल कोरोनाको परिस्थितिलाई ध्यानमा राखेर उक्त शपथ ग्रहण कार्यक्रममा केही शीर्ष व्यक्तिहरू मात्र उपस्थित थिए। तथापि, ममता ब्यानर्जीको मन्त्री मण्डलका अन्य केही मन्त्रीहरूले आगामी आइतबारको दिन शपथ ग्रहण गर्ने बताइएको छ। शपथ ग्रहणपछि मुख्यमन्त्री ममता ब्यानर्जीले टी पार्टीमा भाग लिएपछि त्यहाँबाट सोझै नवान्नतर्फ प्रस्थान गरिन्। त्यहाँ पुनः तेस्रोपल्ट नवनिर्वाचित मुख्यमन्त्री ममता ब्यानर्जीलाई गार्ड अफ् अर्नरद्वारा सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *