ममता ब्यानर्जीको सहिद र तिनको सरकारको गोलीले शहादत पाएका गोर्खा सहिद बेग्ला-बेग्लै मापदण्डका हुन् : विधायक बजगाइँ

खरसाङ (निसं) : तृणमूल कङ्ग्रेसको आयोजनामा आज कोलकतामा पालन गरिएको शहीद दिवस विषयमा खरसाङका भाजपा विधायक बीपी बजगाइँले प्रतिक्रिया दिएका छन्। तिनले आज एउटा भिडियो जारी गरेर के धर्मतला कोलकातामा स्मरण गरिएको ममता ब्यानर्जीको सहिद र ममता सरकारको गोलीले शहादत पाएका हाम्रा गोर्खा सहिद बेग्ला-बेग्लै मापदण्डका हुन्? भनी प्रश्न गरेका छन्। खरसाङका भाजपा विधायक बीपी बजगाइँले भिडियोमा कोलकताको सहिद दिवस कार्यक्रममा पहाड़बाट पनि नेताहरू गएको बताउँदै ममता सरकारले 30 वर्ष अघिको सहिदहरूलाई सम्झेर श्रद्धाञ्जलि दिने तर हाम्रो पहाड़मा तिनकै सरकारको समयमा 2017-मा सहिद भएका पहाड़को 13 जना सहिदहरूलाई सम्मान नगरेको आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *