ममता ब्यानर्जीको सुस्वास्थ्यको कामना गर्दै महायज्ञको आयोजना

सिलगढी : नन्दीग्राम घटनामा घाइते भएकी मुख्यमन्त्री ममता ब्यानर्जीको शीघ्र सुस्वास्थ्यको कामना गर्दै सिलगढीको शान्तिनगर बहुबजारको 36 नम्बर वार्ड तृणमूल कङ्ग्रेस कमिटीको तर्फबाट महायज्ञको आयोजना गर्यो। अर्कोतिर, योजनाबद्ध रूपमा मुख्यमन्त्रीमाथि हमला गरेको आरोप लगाउँदै आज बिहानैदेखि तृणमूल कङ्ग्रेसको तर्फबाट सहरको विभिन्न ठाउँहरूमा धिक्कार र्‍याली निकालिइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *