ममता ब्यानर्जीलाई सुनियोजित ढङ्गमा भाजपाले हमला गरिएको हो: एलबी राई

मिरिक: नन्दीग्राममा बुधवार राज्यका मुख्यमन्त्री तथा टीएमसी पार्टी अध्यक्ष ममता ब्यानर्जीमाथि भएको हमलाको हिल टीएमसी अध्यक्ष एलबी राईले कठोर शब्दमा भर्त्सना गरेका छन्। आज मिरिकमा पत्रकारहरुद्वारा सोधिएको प्रश्नको जवाब दिँदै राज्यमा टीएमसी पार्टीको बढ्दो क्रेज तथा यस पटक हुने राज्य विधानसभा चुनाउमा भारी मतले टीएमसी पार्टीको जीत हुने निश्चित रहेको कारणले गर्दा नै भाजपाले षड्यन्त्रपूर्वक ममता ब्यनर्जीमाथि यस्तो घटनालाई अन्जाम दिएको तिनले दावी गरे। तिनले घटनाको मुल सुत्रधार भाजपा रहेको आरोप लगाउँदै उक्त घटनासित संलग्न सबै दोषीहरुलाई प्रशासनले चाँडो भन्दा चाँडो पक्राउ गरेर कठोर सजाय दिने माग गरेका छन्। अर्कोतिर, दार्जिलिङ पहाडको तीनै वटा आसनबाट पनि टीएमसीको सहायोगी दल मानिएको गोजमुमो बिनय खेमा र गोजमुमो बिमल खेमाले जित्ने छ भनी तिनले आशा व्यक्त गरे। भाजपाले पहाडको जनताको निम्ति विगत 15 बर्षको अवधिमा पनि केही गर्न नसकेकोले गर्दा नै यसपालीको विधानसभा चुनाउमा दार्जिलिङ पहाडका जनताले टीएमसीलाई विजय बनाउने कुरामा आफु आशावादी रहेको हिल टीएमसी अध्यक्ष एलबी राईले बताए । स्मरण रहोस, ममता ब्यानर्जीले हिजो नामाङ्कन पत्र बुझाएको केही घण्टा पछि नन्दीग्रामको एउटा मन्दिरमा दर्शन गरेर फर्किदा केही व्यक्तिहरूले धकेल्दा लडेर खुट्टा र कुइनामा गम्भीर चोट लागेपछि तिनलाई कोलकताको एसएसकेएम अस्पतालमा भर्ना गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *