ममता ब्यानर्जीले मुख्यमन्त्री पदको शपथ ग्रहण गरेकोमा मिठाई तथा मास्क वितरण

जलपाईगढी : ममता ब्यानर्जीले आज तेस्रोपल्ट राज्यको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरिन्। यसलाई लिएर राज्यभरि झैँ यता जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूमा पनि उत्साह देखियो। ममता ब्यानर्जीले आज कोलकाताको नवान्नमा मुख्यमन्त्री पदको शपथ ग्रहण गरेपछि यता जलपाईगढीका पार्टी कार्यकर्ताहरूले जिल्ला कार्यालय अघि मानिसहरूलाई मास्क तथा मिठाई वितरण गरे। यस अवसरमा तृणमूल जिल्ला अध्यक्ष कृष्ण कुमार कल्याणीले बताएअनुसार कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राखेर सामान्य रूपमा एउटा कार्यक्रमको आयोजना गरेर मानिसहरूलाई मास्क तथा मिठाई वितरण गरिएको हो। यसको साथै जलपाईगढीमा चुनाउ परिणामपछि भइरहेको हिंसालाई रोक्नको लागि आवश्यक कदम उठाउने तिनले प्रशासनसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *