ममताको रोड शो, हातमा प्ला कार्ड बोकेर नोकरीको माग गर्दै युवतीद्वारा प्रदर्शन

सिलगढी : तृणमूल नेत्री ममता ब्यानर्जीले सिलगढी सहरमा पदयात्रा निल्कान ठिक केही समय अघि सीएससी-को मेरिट लिस्टमा नाम सामेल भए तापनि हालसम्म नोकरी नपाएको एकजना युवतीले आफ्नो हातमा प्ला कार्ड लिएर सिलगढीको हासमी चोकमा प्रदर्शन गरिन्। तिनले चाँडै आफूलाई नोकरी दिने माग गरिन्। उक्त युवतीले प्ला कार्ड बोकेर प्रदर्शन गरिरहेको देख्न साथ पुलिसले त्यहाँबाट तिनलाई हटाइदिए। बुल्टी राय नाम गरेकी उक्त युवतीले आफूलाई चाँडै नोकरी दियाजाओस् भनी आफ्नो सन्देश मुख्यमन्त्री समक्ष पुर्‍याउनको निम्ति यस प्रकारको प्रदर्शनी गरेको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *