मानाबारी काण्डका पीडित परिवारसित भेट गरे बिमल गुरूङले

मालबजार : गोजमुमो अध्यक्ष बिमल गुरूङले पनि आज डुवर्सको मानाबारी चियाकमानमा भएको जघन्य अपराध काण्डको पीडित परिवारसित भेट गरे। यस अवसरमा पीडित परिवारसित कुराकानी गर्दै तिनले उक्त 17 वर्षीय नाबालिकासित दुष्कर्म तथा हत्या गरेको घटनाको तीव्र निन्दा गर्नको साथै यस दुखको समयमा पीडित परिवारसित आफू साथमा रहेको बताए।


तिनले नाबालिकाको तस्विरमा खदा चढाएर तिनको मृतात्माको शान्तिको निम्ति प्रार्थना गरे। यस अवधि तिनले उक्त जघन्य हत्याकाण्डका आरोपीलाई कठोरभन्दा कठोर सजाय दिइनुपर्ने साथै पीडित परिवारले उचित न्याय पाउनुपर्छ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *