मानाबारी नाबालिका हत्याकाण्डबारे अनित थापाले गरे मुख्यमन्त्रीलाई पत्राचार

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले डुवर्सको मानाबारी चिया बगानमा 17 वर्षीया नाबालिका माथि घटेको जघन्य अपराध विषय लिएर मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई पत्राचार गरेका छन्। उक्त पत्रमा बालिकालाई न्याय दिलाई दिने माग गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा जघन्य अपराधको घोर भर्त्सना गर्दछ भन्दै यस हत्याको कारण मानिस क्षुब्ध बन्नको साथै ओदलाबारी जस्तो शान्त ठाउँ समेत हाल अशान्त बनेको कुरा जनाएका छन्। पत्रमा न्यायिक जाँचको माग गर्दै आजसम्म अपराधी खुल्ला घुमिरहेको अवगत गराउँदै मुख्यमन्त्रीले यस घटनाको जाँचलाई तीव्रता ल्याउनको लागि हस्तक्षेप गरिदिने अपिल पनि गरेका छन्। स्मरण रहोस, मानाबारी चिया कमानका 17 वर्षीया नाबालिकालाई गत 26 जनवरी 2022 को दिन दुष्कर्म गरेर हत्या गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *