मानव खोपडी उद्धार भएपछि सिलगढीको 12 नम्बर वार्डमा सनसनी

सिलगढी : सिलगढी नगरनिगमको 12 नम्बर वार्डस्थित तिलक मोड इलाकामा मानव खोपडी उद्धार भएपछि सनसनी मच्चियो। नगरनिगमका सफाई कर्मीहरूले आज बिहान उक्त इलाकाको ड्रेन सफा गरिरहेको समय एकजना सफाईकर्मीले ड्रेनभित्र मानव खोपडी देखे। उक्त खबर इलाकामा फैलिएपछि मानव खोपडी हेर्न आउने मानिसहरूको भीड जमेको देखियो। घटनाको खबर पाएपछि स्थानीय काउन्सिलर बासुदेव घोष पनि घटनास्थलमा पुगेपछि सिलगढी थाना पुलिसलाई घटनाबारे जानकारी गराइयो। यस सम्बन्धमा काउन्सिलर बासुदेव घोषले भने, गत दुई दिनदेखि पानी परेकोले गर्दा अन्य कतैबाट उक्त खोपडी ड्रेनमा बगेर आएको हुनसक्छ। उक्त खोपडी प्लास्टिकको हुनसक्ने पुलिसले अनुमान लगाएको छ भने यसको जाँचपछि मामिला स्पष्ट हुनेछ। पुलिसले उक्त खोपडी उद्धार गरेर फरेन्सिक जाँचको लागि पठाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *