मानव श्रृङ्खला बनाएर एनआरसी र सीएए-को प्रतिवाद

सिलगढ़ी: सिलगढ़ी नागरिक कमिटीको तर्फबाट मानव श्रृङ्खला बनाएर एनआरसी अनि सीएए-को प्रतिवाद गर्नको साथै धरना प्रदर्शन पनि गरे। आज कमिटीको तर्फबाट सिलगढ़ी हिलकार्ट रोडमा मानव श्रृङ्खला कार्यसूची पालन गऱ्यो। यसपछि सिलगढ़ी नागरिक कमिटीका सदस्यहरूले सिलगढ़ी प्रधान डाकघर अघिल्तिर धरना प्रदर्शन गरे। उक्त धरना आज साँझसम्म लगातार जारी रहने बताइएको छ। यस अवसरमा कमिटीका सदस्य पार्थ चौधरी, रीता ठाकुरसहित अन्य सदस्यगण उपस्थित थिए। पार्थ चौधरीले बताए अनुसार एनआरसी अनि सीएए-को प्रतिवादमा आज बिहानदेखि नै विभिन्न कार्यसुचीहरू पालन गरियो। यसको साथै आगामी दिनहरूमा पनि विभिन्न कार्यसूची पालन गरिने तथा आन्दोलन जारी रहने तिनले बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *