मानव तस्करीबारे जागरूकता कार्यक्रम

बिजनबारी: मानव तस्करी समाजको निम्ति अत्यन्तै धातक रहेको तथा यसबारे समाजमा जागरुक ल्याउन नितान्त जरुरी भएको ठहर गर्दै नोट्रडेम एकाडेमी सुम्बुक तथा विभिन्न स्वनिर्भर समुहको संयुक्त आयोजनामा मानव तस्करी बारेमा जागरुक कार्यक्रमको आयोजना गरियो। सदस्यहरूले हातमा प्ला कार्ड बोकेर स्थानीय सुम्बुक ग्राम पञ्चायत कार्यालयदेखि शुरूवात गरिएको ऱ्याली सुम्बुक बजारमा पुगेर कार्यक्रममा परिणत भएको थियो भने कार्यक्रममा मानव तस्करी तथा यसको रोकथामबारे वक्ताहरुले जागरुक गराए। कार्यक्रममा गोजमुमो रेलिङ कैजले समष्टि सभानेत्री पुष्प लामा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *