मानव तस्करी विरुद्ध पोख्रेबुङमा वृहत कुच्चो पदयात्रा निकालिइने

सुकेपोखरी : जोरबङ्लो सुकेपोखरी खण्ड अन्तर्गत पोख्रेबुङमा आगामी शनिबार मानव तस्करी विरुद्ध वृहत कुच्चो पदयात्रा साथै विशेष कार्यक्रमको आयोजना गरिने भएको छ। युथ इगनाइट्स नामक सचेत युवा जमातको सक्रियतामा आयोजना गरिने उक्त पदयात्रा सेलेम्बोङ फाटकदेखि शुरू गरेर समरीपानी फाटक हुँदै रानी चोकमा पुगेपछि एउटा कार्यक्रममा परिणत हुने आयोजक समितिका अनिकेश प्रधानले जनाएका छन्। उक्त पदयात्रामा सबै-सबैले झाड़ु अथवा कुच्चो बोकेर सामेल भइदिने तिनले अनुरोध गरेका छन्। उक्त अभियानमा प्रशासन लगायत पोख्रेबुङ क्षेत्रका धेरैवटा संघ-संस्था अनि समाजका सदस्यहरू सामेल हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *