मञ्चमा एकैसाथ देखापरे मन्त्री देव र मेयर भट्टाचार्य

सिलगढी : चुनाउ आयोगको तर्फबाट सिलगढी नगरनिगमको विभिन्न वार्डको पहिलो आरक्षण सूची जारी गरेपछि सिलगढीमा चुनावी माहौल गर्मिएको छ। प्रत्येक वार्डमा विभिन्न राजनीतिक पार्टी आफ्नो उम्मेद्वारलाई चुनावी मैदानमा उतार्ने प्रयासमा लागिपरेको छ भने एकाअर्कामा आरोप-प्रत्यारोपको क्रम पनि शुरू भइसकेको छ। चुनावी माहौल गर्मिएको समय एउटा कार्यक्रममा सिलगढीका दुईजना प्रमुख नेताहरू आज मञ्च एकैसाथ देखियो। सिलगढी नगरनिगमका तीन नम्बर वार्डमा दुई स्वतन्त्रता सेनानी नेताजी सुभाषचन्द्र बोस अनि मेजर दुर्गा मल्लको पूर्णाङ्क सालिगको अनावरण कार्यक्रममा पर्यटन मन्त्री गौतम देव र सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्य मञ्चमा एकैसाथै देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *