मन्दिरमा चोरी भएको केही घण्टाको अवधिमै सर-समान सहित दुईजना युवक पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटनको आशिघर आउटपोस्ट पुलिसले चोरी गरेको केही घण्टाको अवधिमै समान सहित 2 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा क्रमैले सञ्जय दास र सौरभ बारोई सामेल छन्। प्राप्त जानकारी अनुसार गत रात केही अज्ञात बदमासहरूले प्रदीप साहाको घरमा रहेको काली मन्दिरबाट सुन-चाँदीको गर-गहना सहित केही अन्य सर-समानहरू चोरी गरेको बताइएको छ।


यसपछि प्रदीप साहाले आज बिहान आशिघर आउटपोस्टमा चोरीबारे एउटा लिखित अभियोग दर्ता गरेपछि यसको केही घण्टाको अवधिमै आशिघर आउटपोस्टका एसआई पार्थो सारथी दास र तिनको टोलीले गोप्य सूचनाको आधारमा अभियान चलाएर चोरी गरेको समान सहित दुईजना युवकलाई पक्राउ गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *