मन्दिरमा चोरीको प्रयास, मूर्ति तोड़फोड़

सिलगढी : सिलगढीको गेटबजारस्थित शिव शक्ति काली मन्दिरमा केही बदमाशहरूले चोरी गर्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। यसको साथै तिनीहरूले मन्दिरमा राखेको मूर्ति समेतलाई भत्काइदिएको छ। उक्त घटना सोमबार अबेर राति भए तापनि आज बिहान स्थानीय मानिसहरूले मन्दिर आउँदा मन्दिरको सर-समानहरू जताततै छरपस्ट भएको अवस्थामा देखेपछि साथै मन्दिरमा बाँसहरू पनि राखिएको देखेर मन्दिर खोल्दा मूर्ति समेत तोडफोड गरिएको भेट्टाए। घटनाको जानकारी पाएर एनजेपी पुलिस घटनास्थलमा पुगेर जाँचको निम्ति पुगेको थियो। स्थानीय मानिसहरूले बताएअनुसार यस मन्दिरमा हालसम्म 7 पल्ट चोरी भइसकेको छ। घटनापछि स्थानीय मानिसहरूले सुरक्षालाई लिएर प्रश्न उठाएका छन्। अर्कोतिर, पुलिस सूत्रले दिएको जानकारीअनुसार यी बदमाशहरूलाई खोजी निकाल्न अभियान शुरू गरिएको साथै सीसीटीभी फुटेजको सहयोग लिइरहेको छ। मन्दिरबाट के-कति मूल्यको समान चोरी भएको छ भन्ने कुरो हालसम्म स्पष्ट नभएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *