मानेभञ्ज्याङ्ग एफसी क्वार्टर फाइनलमा प्रवेश

खरसाङ: नर्थ बेङ्गल आर्म्ड पुलिस ब्रिगेडको चुनौतीलाई समाप्त गरेर मानेभञ्ज्याङ्ग फुटबल क्लबले आठौँ खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको स्थान बनायो। खरसाङ गोर्खा पार्वत्य खेलकुद सङ्घ (केजीएचएसए)-को तत्वावधानमा खरसाङ चाँदमारी मैदानमा आयोजित आज खेलिएको म्याचमा मानेभञ्ज्याङ्ग एफसीले आर्म्ड पुलिसलाई 3-0-ले पराजित गऱ्यो। खेलको अनुशासन भङ्ग गरी रेफरीसँग अभद्र व्यवहार गर्दा विङ्गर सुरज रसाईलीलाई खेलको 42औं मिनटमा रातो कार्ड देखाएर मैदान बाहिर गरियो।


मानेभञ्ज्याङ्ग एफसीको तर्फबाट समीरले 17औं र पहिलो हाफको इञ्ज्युरी टाइममा गोल गरे। यसबाहेक एक गोल एशिएङ्ग एन नोङ्गनेङ्गले दशौं मिनटमा गरे। नोङ्गलाई म्यान अव् द म्याच चयन गरियो। आजको म्याचमा अतिथिका रूपमा एआइआर खरसाङका प्रोग्राम हेड पारस चन्द्र आले, महेश्वरी तामाङ, अमित लोम्जेल सार्की र सीनियर एनाउन्सर उमेश कार्कीढोली उपस्थित थिए। अब बुधवार शेयर एफसी, कालेबुङ बनाम हिमालयन स्पोर्टिङ्ग क्लब, दार्जीलिङमाझ जम्काभेट हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *