मानेभञ्ज्याङका विस्थापित गाब्रीएल लेप्चालाई भव्य स्वागत

सुकेपोखरी: विगत 2017 को छुट्टै राज्य गोर्खाल्यान्ड आन्दोलनमा सुके मानेभञ्ज्याङ समष्टिको पक्षमा अहम् भूमिका वहन गर्ने समष्टि मानेभञ्ज्याङ क्षेत्रका गाब्रीएल लेप्चा, पत्नी प्रतीक्षा लेप्चा र तिनका छोरा घर फर्की आएका छन। 2017 को गोर्खाल्यान्ड आन्दोलन अनि विस्थापित जीवन अवधी जाति अनि मुद्दाबाट एक सुता समेत यताउता नगरी दृढताको साथ पार्टीको आचार संहितामा रहेर अडिग बसिदिने गाब्रीएल लेप्चाको योगदान सराहनीय रहेको गोजमुमो सुके मानेभञ्ज्याङ समष्टिका नेताहरूले जनाएका छन्। पत्नी अनि छोरासितै आफ्नो जन्मभूमि फर्की आएपछि समष्टिवासी हर्षित बनेर गाब्रीएल लेप्चालाई गोजमुमो बिमल खेमाको सुके मानेभञ्ज्याङ समष्टिका समष्टि कमिटीले स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *