मगर जातिको महान पर्व ‘बाह्रै मैजोङ’ कालेबुङ डेलोमा पालन

कालेबुङ: मगर जातिको महान पर्व “बाह्रै मैजोङ” कालेबुङ डेलोमा आज भव्य रूपमा विविध रङ्गारङ्ग सांस्कृतिक कार्यक्रमबीच सम्पन्न भइरहेको छ। कालेबुङका विधायक तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय उपाध्यक्ष रूदेन सादा लेप्चाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मगर विकास बोर्ड अध्यक्ष नविन थापा मगरलगायत विभिन्न विकास बोर्डका अध्यक्ष, उपाध्यक्षहरू सहित मगर समुदायका मानिसहरू आफ्नो जातीय भेष-भूषामा व्यापक संख्यामा उपस्थित थिए।


मगर जातिको महान पर्व बाह्रै मैजोङको अवसरमा आज पुजा अर्चनासितै जातीय गीत, नृत्यलगायत विविध सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भइरहेको छ। यस अवसरमा पश्चिम बंगाल मगर विकास बोर्डका अध्यक्ष नविन थापा मगरले आफ्नो जातिको जातीय परम्परालाई अक्षुण्ण राख्दै जातीय संरक्षणमा काम गरिरहेको बताए। यसको साथै मगर बोर्डमार्फत जीटीए क्षेत्रका मगर समुदायका मानिसहरूको विकासको लागि विविध कार्यहरू भइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *