माङखिम निर्माण गर्न अनित थापाद्वारा जेसीबी प्रदान

सुनदाह: लिङ्गिया चियाबारीमा राई समुदायको माङखिम निर्माण गर्नको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट जेसीबी प्रदान गरिएको छ। आर्थिक समस्या भइरहेको कारणले गर्दा उक्त माङ्खिम निर्माण गर्नको निम्ति भागोप्रमो अध्यक्ष अनित थापासित गाउँवासीले अपील गरेको थियो भने सोही अपीललाई यथाशीघ्र पहल गर्दै अनित थापाद्वारा आफूहरूलाई माङखिम निर्माण गर्नको निम्ति जेसीबी प्रदान गरिएको जानकारी गराउँदै उक्त सहयोगको निम्ति गाउँवासीले अनित थापा अनि चुङथुङ-मेरिबुङ तामसाङ समष्टि संयोजक सन्दीप छेत्रीलाई धन्यवाद दिएका छन्।भागोप्रमो युवा शक्तिका समष्टि अध्यक्ष सर्जु छेत्री, युवा शक्ति कार्यकारी अध्यक्ष सुन्दर राई अनि युवा शक्ति साङ्गठनिक सचिव बीर कुमार राईको उपस्थितिमा आज जेसीबीद्वारा माङखिमको निर्माणको निम्ति खनन कार्य शुरू गरिएको समष्टि संयोजक सन्दीप छेत्रीले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *