मङ्गलु राय भाजपा नक्सलबारी क्षेत्रीय अध्यक्ष चयन

नक्सलबारी : भारतीय जनता पार्टी (भाजपा)-को नक्सलबारी क्षेत्रीय अध्यक्षका रूपमा मङ्गलु रायलाई चयन गरिएको छ। यसले गर्दा तिनका समर्थकहरूमा खुसीको माहौल छाएको छ। नव निर्वाचित अध्यक्ष मङ्गलु रायले बताएअनुसार तिनको पहिलो लक्ष्य पार्टीलाई चारैतर्फबाट बलियो बनाउनु रहेको छ। यसको साथै तिनले सबै कार्यकर्ताहरूलाई साथमा लिएर काम गर्ने दावी गरेका छन्। स्मरण रहोस्, भाजपा नक्सलबारी क्षेत्रीय पूर्व अध्यक्ष दिलीप बारोईलाई पार्टीको जिल्ला कमिटीमा सामेल गरेपछि उक्त पद रिक्त रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *