मङ्पुका होमस्टेहरू 31 मार्चसम्म बन्द रहने

मङ्पु : नोबल कोरोना भाइरसको बढ्दो प्रकोपलाई ध्यानमा राखेर मङ्पु होमस्टेमा अजित राईको अध्यक्षतामा मङ्पु इको टुरिज्म वेलफेयर सोसाइटीको एउटा जरूरी सभा सम्पन्न भयो। उक्त सभामा मङ्पु इको टुरिज्म वेलफेयर सोसाइटीको 14 वटा होमस्टेले आगामी 17 मार्चदेखि 31 मार्च 2020 सम्म कुनै पनि बाहिरबाट आएका पर्यटकलाई मङ्पु क्षेत्रको होमस्टेमा नराखिने निर्णय लिएको छ। यसरी नै अप्रेल महिनापछि परिस्थितिलाई ध्यानमा राखेर फेरि संगठनले सभा गरेर अघिल्लो निर्णय लिने भएको छ। यसबारे संगठनका अध्यक्ष वाङ्डुप मोक्तानले जानकारी गराएका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *