मङ्पुमा चारदिने जोगीघाट सांस्कृतिक मेला शुरू

मङ्पु: मङ्पुको जोगीघाटमा आजदेखि चारदिने जोगीघाट सांस्कृतिक मेला आरम्भ भयो। सिठु मोक्तानको अध्यक्षतामा सम्पन्न उक्त मेलाको मङपु सिन्कोना बगान व्यवस्थापक गोपाल लामिछानेको बाहुलीबाट उद्घाटन गरियो। यस अवसरमा गोपाल लामीछाने, विज्ञान मिश्र, गगन राईले नेताजी सुभास चन्द्र बोसको प्रतिमामा दीप प्रज्ज्वलन र खदार्पण गरेर कार्यक्रमको शुरूआत गरे। बीबी प्रधानले सञ्चालन गरेको कार्यक्रममा लेप्चा संगठन किराती खम्बु राई सांस्कृतिक संस्थानका नानीहरूले जातीय नृत्य प्रस्तुत गरे भने उज्ज्वल खरेल, सुरेन पाख्रीन आदिले सुमधुर स्वरमा गीत प्रस्तुत गरे।


मेलाको उद्घाटन कार्यक्रममा आयोजक समितिको तर्फबाट सचिव शेखर मोक्तान र सभापति ज्ञानचन्द्र पाख्रीनले प्रमुख  अतिथि व्यवस्थापक गोपाल लामिछाने, विशिष्ट अतिथि गोजामुमो खरसाङ महकुमा सचिव गगन राई, गोजामुमो मङपु लाब्दा समष्टि सचिव गगन राई र सभापति सिठु मोक्तानलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *