मङपु भलिबल प्रतियोगितामा सिन्कोना निर्देशालय विजय

मङपु : नव उदय युथ क्लब रम्बी बीचककमानको आयोजनामा स्थानीय बीचकमान खेल मैदानमा भलिबल प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भयो। सिन्कोना निर्देशालय बनाम लाब्दा विभागमाझ सम्पन्न भलिबल  प्रतियोगिताको फाइनल खेलको शुरूमा लाब्दा विभागले जीत हासिल गरे तापनि दोस्रो अनि तेस्रो सेट सिन्कोना निर्देशालयले जितेर च्याम्पियन बने।


मङपु भलिबल फाइनल खेलमा दुवै दलमा राष्ट्रिय स्तरका खेलाडीहरू रहेको कारण खेल एकदमै रोमाञ्चक बन्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *