मङ्पुका व्यापार प्रतिष्ठान पूर्ण रूपले बन्द, सिन्कोना बगान रह्यो खुल्लै

मङ्पु: कोरोना संक्रमणलाई रोक्न राज्य सरकारले अगावै नोटिस जारी गरे अनुसार आज लकडाउनमा सम्पूर्ण लाब्दा मङ्पु समष्टि नै बन्द रह्यो। गाडी चलाचल; दोकानपाट पुर्णरुपले ठप्प रहेता पनि सिन्कोना बगान भने सधैं झैं खुल्ला नै रहेको देखियो। आजको बन्द अवधि मङ्पुको ब्यांक, एटीएम अनि स्वस्थ्य सेवा भने खुल्ला नै रहेको देखियो। हाल जीटीए क्षेत्र दार्जीलिङ; कालेबुङ अनि खरसाङ क्षेत्रमा पनि कोरोना संक्रमण बढिरहेको कारण सिन्कोना बगान पनि बन्द हुनुपर्ने श्रमिकहरुको भनाई रहेको छ। जीटीए निगरानी समिति  मङपु लाब्दा समष्टिका संयोजक किरण पाख्रीनले सम्पूर्ण स्थानीय जनतालाई माक्स लगाईदिने अपील गर्दै सिलगढी क्षेत्रमा कोरोना संक्रमण बढिरहेको कारण अति आवश्यक काम परे अथवा बिरामीहरु भए मात्र सिलिगुडी झरिदिने अपील  गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *