मङपु फुटबल गोल्डकप प्रतियोगिता 13 नोभेम्बरदेखि शुरू हुने

मङपु : विगत धेरै वर्षदेखि प्रत्येक वर्ष अति भव्य रूपमा सञ्चालन गरिँदै आइरहेको मङपु गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष पनि आयोजना गरिने भएको छ। गत वर्ष कोरोना महामारीको कारणले गर्दा उक्त प्रतियोगिताको आयोजना गर्न नसके तापनि यस वर्ष आउँदो 13 नोभेम्बरदेखि मङपु खेल मैदानमा खुल्ला गोल्डकप प्रतियोगिता शुरू हुने आज पत्रकार सम्मेलन गरेर आयोजक समितिको पक्षबाट सचिव ऋषि सिङदेन र विभोर तामाङले जानकारी दिएका छन्। तिनीहरूले दिएको जानकारीअनुसार यस वर्षको फुटबल गोल्डकप प्रतियोगिताको आयोजना अलिक भिन्नै प्रकारले मङपुको हरियाली वातारणलाई ध्यानमा राखेर प्लास्टिक मुक्त आधारमा गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *