मङपु गोल्ड कप फुटबल : सिलगढी युनाइटेडलाई पराजित गरेर दलसिंहपाडा डुवर्स दोस्रो चरणमा प्रवेश

मङ्पू (निसं): मङपू युथ क्लबको आयोजनामा आजदेखि मङपू खेल मैदानमा गोल्ड कप फुटबल प्रतियोगिता 2023 शुरू भएको छ। आजको उद्घाटन खेल कार्यक्रममा मङपु लाब्दा समष्टिका सभासद रतन थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने कार्यक्रममा मङपूका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका पञ्चायत अनि पञ्चायत समितिका सदस्यहरू, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मङपु लाब्दा समष्टिका पदाधिकारीगण साथै कालेबुङ खण्ड 1 का उपाध्यक्ष उत्तम राईको उपस्थिति रहेको थियो।


यस टुर्नामेन्टको उद्घाटन म्याच आज दलसिंहपाडा स्पोर्टिङ क्लब डुवर्स बनाम सिलगढी युनाइटेड माझ खुबै रोमाञ्चक सम्पन्न भयो, जसमा 1-0 गोलले सिलगढी युनाइटेडलाई पराजित गरेर दलसिंहपाडा डुवर्स अघिल्लो चरणमा प्रवेश गरेको छ। उक्त फुटबल टुर्नामेन्टमा विजय दललाई 2 लाख अनि पराजय दललाई 1 लाख रुपियाँ नगद पुरस्कार रहेको छ भने प्रतियोगितामा मोरङ 11 नेपाल, नाइटचेस क्लब, इस्टर्न रेलवे कोलकाता लगायत दार्जिलिङ, कालेबुङ, खरसाङ आदिका जम्मा 12 वटा टीमले अंश ग्रहण गरेको आयोजक समितिले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *