मङपु गोल्डकप फुटबल टुर्नामेन्टमा युनाइटेड ब्रदर्स कालेबुङ च्याम्पियन

मङ्पु : मङपु युथ क्लबको आयोजनामा सम्पन्न गोल्डकप फुटबल टुर्नामेन्टको फाइनल खेलमा नर्थ बेङ्गल आर्म्ड पुलिसलाई पराजित गरेर युनाइटेड ब्रदर्स कालेबुङ च्याम्पियन बन्यो। विविध रङ्गारङ्ग कार्यक्रमको साथमा सम्पन्न आकर्षक अनि रोमाञ्चक मङपु गोल्डकप फुटबल टुर्नामेन्टको दोस्रो हाफमा दुवै टोलीले आकर्षक 1/1 गोल गरेर खेल बराबरीमा पुग्यो। यसपछि ट्राईब्रेकरमा नर्थ बेङ्गल आर्म्ड पुलिसलाई 3 को विरुद्ध 4 गोल गरेर युनाइटेड ब्रदर्स कालेबुङ मङपु गोल्डकपको च्याम्पियन बन्यो। उक्त टुर्नामेन्टको फाइनल खेलमा प्रमुख अतिथिका रूपमा भागोप्रामो-का महासचिव अमर लामा, कालेबुङका विधायक रुदेन शादा लेप्चा, केशवराज पोख्रेल, निलेन्द्र देवान, सभापति नरेन्द पी. राईको बहुलीबाट विजयी टोलीलाई आकर्षक ट्रफीसहित नगद राशि प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *