मङपू गोल्डकप फुटबल टुर्नामेन्टमा मङपूको टीमले पनि अंश ग्रहण गर्ने

मङपू : मङपू युथ कल्बको आयोजनमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि मङपू गोल्डकप फुटबल टुर्नामेन्ट स्थानीय जनमैदानमा आगामी 10 अक्टोबरदेखि सम्पन्न हुने भएको छ। गोल्डकप फुटबल टुर्नामेन्टमा मोठ 13 वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दलहरूले अंश ग्रहण गर्ने भएको छ। यसपल्टको गोल्डकप फुटबल टुर्नामेन्टमा मङपूका युवा खेलाडीहरूलाई पनि लिएर मङपू युनाइटेड  फुटबल टीम गठन गरिएको छ भने यस दलले पनि मङपू गोल्डकपमा अंश ग्रहण गर्ने भएको छ। आज मङपू युथ क्लब अनि मङपू भेटेरेन क्लबको संयुक्त आयोजनामा मङपूका युवाहरूलाई लिएर मङपू युनाइटेड फुटबल टीमको गठन गरियो। बाहिरको टोलीसँगै मङपूको युवाहरूलाई पनि अघि ल्याउनुको साथै राष्ट्रिय स्तरमा पहिचान गराउनको निम्ति नै मङपू युनाइटेड फुटबल टीम गठन गरिएको मङपू युथ क्लबका सभापति बिभोर सिङदन अनि मङपू भेटरेन क्लबका सभापति अल्फेड कार्थकले बताएका छन्। मङपूबाट 41 जना युवाहरूले आज स्थानीय जनमैदानमा फुटबल खेले भने तिनीहरूमध्ये 25 जना खेलाडीहरूलाई मङपू भेटेरेन क्लबले छनौट गरेको संस्थाका प्रतिनिधि भरत पोख्रेल अनि गगन  थापा जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *