मङ्पू गोल्ड कप: नेपाललाई पराजित गरेर आमुक्त परिवार सिलगढी सेमिफाइनलमा प्रवेश

मङ्पू: मङ्पू खेल मैदानमा आयोजना भइरहेको प्रतिष्ठित गोल्ड कप फुटबल प्रतियोगिता 2022-को अति रोमाञ्चक पहिलो क्वार्टर फाइनल म्याचमा आज नाइट चेस क्लब नेपाललाई 2-1 गोलले पराजित गरेर आमुक्त परिवार सिलगढी सेमिफाइनलमा प्रवेश गरेको छ। आजको अति रोमाञ्चक खेलको पहिलो हाफमा दुवै तर्फबाट कुनै गोल नभए तापनि दोस्रो हाफको खेलमा नाइजेरियन खेलाडीहरूले सुसोजित टोली आमुक्त परिवारका खेलाडी (जर्सी नम्बर 7)- ले खेलको 58औ मिनटमा पहिलो गोल गरेर टोलीलाई 1-0 गोलले अघि बढाए।


आयोजक समिति सूत्रले दिएको जानकारी अनुसार यस फुटबल प्रतियोगिता अन्तर्गत भोली बुधबार खेलिने क्वार्टर फाइनल म्याच ईष्टर्न रेलवे कोलकाता बनाम युनाइटेड ब्रदर्श कालेबुङमाझ भिडन्त हुने भएको छ। उक्त मङ्पु गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आगामी 22 र 23 अक्टोबरको दिन अनि फाइनल खेल 30 अक्टोबरको दिन खेलाइने छ। टुर्नामेन्टमा विजयी टोलीलाई 2 लाख नगदसहित आकर्षक ट्रफी अनि उप विजेता टोलीलाई नगद 1 लाखसहित ट्रफी प्रदान गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *