मङ्पू गोल्ड कप: नर्थ बेंगल आर्म पुलिसलाई पराजित गरेर दार्जिलिङ पुलिस फाइनलमा प्रवेश

मङ्पू: प्रतिष्ठित मङ्पू गोल्ड कप फुटबल प्रतियोगिता 2022- अन्तर्गत मङ्पू खेल मैदानमा आज शनिबार खेलिएको पहिलो सेमि फाइनल म्याचमा नर्थ बेंगल आर्म पुलिस डाबग्रामलाई 2 -1 गोलले पराजित गरेर दार्जिलिङ पुलिस फाइनलमा प्रवेश गरेको छ। आजको खेलमा उत्कृष्ट खेलको प्रदर्शन गर्ने नर्थ बेंगल आर्म पुलिसका खेलाडी रिञ्जी शेर्पा (जर्सी नम्बर 17) लाई म्यान अफ् द म्याच चयन गरियो।


यस प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोली 23 अक्टोबरको दिन आमुक्त परिवार सिलगढी बनाम ईष्टर्न रेलवे कोलकातामाझ खेलाइने छ भने फाइनल खेला आगामी 30 अक्टोबरको दिन खेलाइने छ। उक्त टुर्नामेन्टमा विजयी टोलीलाई 2 लाख नगदसहित आकर्षक ट्रफी अनि पराजित टोलीलाई 1 लाख सहित ट्रफी प्रदान गरिने आयोजक समितिले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *