मङ्पू गोल्ड कप: ट्राइब्रेकरमा कालेबुङलाई पराजित गरेर ईष्टर्न रेलवे कोलकाता सेमिफाइनलमा प्रवेश

मङ्पू: प्रतिष्ठित मङ्पू गोल्ड कप फुटबल प्रतियोगिता 2022 अन्तर्गत मङ्पू खेल मैदानमा आज खेलिएको अति रोमाञ्चक दोस्रो क्वार्टर फाइनल म्याचको ट्राइब्रेकरमा युनाइटेड ब्रदर्श कालेबुङलाई पराजित गरेर ईष्टर्न रेलवे कोलकाता सेमिफाइनलमा प्रवेश गरेको छ। अब उक्त टोलीको सेमिफाइनल खेलमा आगामी 22 अक्टोबरको दिन शक्तिशाली टोली मानिएको आमुक्त परिवार सिलगढीसित भिडन्त हुनेछ। आजको अति रोमाञ्चक दोस्रो क्वार्टर फाइनल खेलको निर्धारित समयसम्म दुवै टोली युनाइटेड ब्रदर्श कालेबुङ अनि ईष्टर्न रेलवे कोलकाताले 1-1 गोल गरेर म्याच बराबरीमा समाप्त भएपछि अन्तमा ट्राइब्रेकर खेलाइयो, जसमा 4-1 गोलले ईष्टर्न रेलवे विजय बन्यो। यस फुटबल प्रतियोगिता अन्तर्गत भोली बिहिबार खेलिने तेस्रो क्वार्टर फाइनल म्याच चर्च बोइज काठमाण्डौ, नेपाल बनाम नर्थ बेंगल आर्म पुलिस डाबग्राममाझ भिडन्त हुनेछ। आयोजक समितिले दिएको जानकारी अनुसार उक्त मङ्पू गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आगामी 22 र 23 अक्टोबरको दिन अनि फाइनल खेल 30 अक्टोबरको दिन खेलाइने छ। टुर्नामेन्टमा विजयी टोलीलाई 2 लाख नगदसहित आकर्षक ट्रफी अनि उप विजेता टोलीलाई नगद 1 लाखसहित ट्रफी प्रदान गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *