मङ्पू गोल्ड कप: ट्राइब्रेकरमा चर्च बोइज काठमाण्डौ,नेपाललाई पराजित गरेर नर्थ बेंगल आर्म पुलिस सेमिफाइनलमा प्रवेश

मङ्पू: प्रतिष्ठित मङ्पू गोल्ड कप फुटबल प्रतियोगिता 2022- अन्तर्गत मङ्पू खेल मैदानमा बिहिबार खेलिएको अति रोमाञ्चक तेस्रो क्वार्टर फाइनल म्याचमा निर्धारित समयसम्म दुवै टोलीको 11 गोल भएपछि अन्तमा खेलाइएको ट्राइब्रेकरमा चर्च बोइज काठमाण्डौ, नेपाललाई पराजित गरेर नर्थ बेंगल आर्म पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ। अब उक्त विजय टोलीको सेमिफाइनल खेलमा जम्काभेट भोली खेलिने दार्जिलिङ पुलिस बनाम ढाका, बंग्लादेशको विजय टोलीसित आगामी 23 अक्टोबरको दिन हुनेछ।  आजको अति रोमाञ्चक तेस्रो क्वार्टर फाइनल खेलको निर्धारित समयसम्म दुवै टोली चर्च बोइज काठमाण्डौ, नेपाल र नर्थ बेंगल आर्म पुलिसले 1-1 गोल गरे। नर्थ बेंगल आर्म पुलिसको तर्फबाट 19औँ मिनटमा जण्डा स्ट्राइकर लिटन सिलले विपक्षी नेटमा सुन्दर गोल गरे भने यसपछि 34औँ मिनटमा चर्च बोइज काठमाण्डौका खेलाडी भुवन बसनले गोल गरेर स्कोर 1-1 बराबरीमा पुऱ्याए। निर्धारित समयसम्म पनि दुवै टोलीको 1-1 गोल भएपछि अन्तमा ट्राइब्रेकर खेलाइयो, जसमा 5-3 गोलले नर्थ बेंगल आर्म पुलिस विजय बन्यो। यस फुटबल प्रतियोगिता अन्तर्गत भोली शुक्रबार चौथो क्वार्टर फाइनल म्याच दार्जिलिङ पुलिस बनाम ढाका, बङ्गलादेशमाझ भिडन्त हुनेछ। उक्त मङ्पु गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आगामी 22 र 23 अक्टोबरको दिन अनि फाइनल खेल 30 अक्टोबरको दिन खेलाइने छ। टुर्नामेन्टमा विजयी टोलीलाई 2 लाख नगदसहित आकर्षक ट्रफी अनि पराजित टोलीलाई 1 लाख सहित ट्रफी प्रदान गरिने आयोजक समितिले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *