मङ्पू गोल्ड कप: ट्राइब्रेकरमा ढाका बङ्ग्लादेशलाई पराजित गरेर दार्जिलिङ पुलिस सेमिफाइनलमा प्रवेश

मङ्पू: प्रतिष्ठित मङ्पू गोल्ड कप फुटबल प्रतियोगिता 2022- अन्तर्गत मङ्पू खेल मैदानमा आज शुक्रबार खेलिएको अन्तिम क्वार्टर फाइनल म्याचमा निर्धारित समयसम्म दुवै टोलीको 1–1 गोल गरेपछि अन्तमा खेलाइएको अति रोमाञ्चक ट्राइब्रेकरमा केबीपीएस ढाका बङ्गलादेशलाई पराजित गरेर दार्जिलिङ पुलिस टोली सेमिफाइनलमा प्रवेश गरेको छ। अब आजको विजय टोली दार्जिलिङ पुलिसको भोली 22 अक्टोबरको दिन सेमिफाइनल खेलमा नर्थ बेंगल आर्म पुलिस डाबग्रामसित जम्काभेट हुनेछ।


आजको अति रोमाञ्चक अन्तिम क्वार्टर फाइनल खेलको निर्धारित समयसम्म दुवै टोली दार्जिलिङ पुलिस अनि केबीपीएस ढाकाले 1-1 गोल गऱ्यो। यसपछि अन्तमा खेलाइएको ट्राइब्रेकरमा 4-3 गोलले दार्जिलिङ पुलिस विजय बन्यो। यसैगरी, यस प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आगामी 23 अक्टोबरको दिन आमुक्त परिवार सिलगढी बनाम ईष्टर्न रेलवे कोलकातामाझ खेलाइने छ भने फाइनल खेला आगामी 30 अक्टोबरको दिन खेलाइने छ। उक्त टुर्नामेन्टमा विजयी टोलीलाई 2 लाख नगदसहित आकर्षक ट्रफी अनि पराजित टोलीलाई 1 लाख सहित ट्रफी प्रदान गरिने आयोजक समितिले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *