मङपुको ग्रामीण क्षेत्र रम्बी बीचकमान र लाब्दामा कोरोनाको आरटीपीसीआर टेस्ट

मङ्पु: मङपु क्षेत्रमा कोरोना संक्रमणको संख्या दिन-प्रतिदिन बढिरहेकोले आज रम्बी-बीचकमान विभागमा 181 अनि लाब्दा विभागमा 153 जना गरेर मोठ 334 जना मानिसहरुको आरटीपीसीआर टेस्ट गरियो। उक्त जाँच गरिएको कोरोना टेस्ट रिपोर्ट 72 घण्टामा आउने स्वास्थ्य विभागले जानकारी दिएको छ। प्रशासनले मङपुको तीनवटा क्षेत्रलाई कन्टेनमेन्ट जोन घोषणा गरेपछि अहिले मङपुको विभिन्न क्षेत्रहरुमा कोरोना आरटीपीसीआर जाँच द्रुत गतिमा भइरहेको छ।यसरी स्थानीय मानिसहरुलाई आरटीपीसीआर जाँचको निम्ति सहयोग पुऱ्याएकोमा तकदाह टास्कफोर्सका सदस्य किरण पाख्रीनले सबैजना प्रति आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *