मङ्पू गुम्बामा कार्पो छ्योङ्गे न्युङ्ने व्रतको समाप्त, लाचुङ रिन्पोर्छेको बाहुलीबाट वाङ वितरण

मङपू : डिन्छेन शेराब छ्योइलिङ गुम्बा मङपूमा सागा दावाको पवन अवसरमा चलिरहेको कार्पो छ्योङ्गे न्युङ्ने छ्या न्युङ्ने ब्रतको आज एउटा धार्मिक अनुष्टानको साथमा समापन भयो। पुजाको अन्तिम  दिन आज बुधबार दुःख मुक्ति रूप साधना-को अभिषेक सिक्किमको देउराली छ्योर्तेन गुम्बाका बौद्ध धर्मगुरू महामहिम कुन्जाङ तेन्पे ग्याल्छेन साथै टुल्कु जिग्मी ठिन्ले दोर्जेको बहुलीबाट उपस्थित भक्तहरुलाई आशीर्वाद एवम् वाङ प्रदान गरियो।


आज मङपु डिन्छेन शेरप छ्योलिङ गुम्बामा दार्जिलिङ, कालेबुङ, खरसाङ, सिलगढी, डुवार्स अनि मङपुवरिपरी क्षेत्रबाट हजारौं संख्यामा भक्तहरु वाङ ग्रहण गर्नको साथै धर्मगुरूको आशिर्वाद ग्रहण गर्न उपस्थित भएका थिए । गुम्बामा पुजा अवधि सहयोग गर्ने सम्पूर्ण धर्मानुरागी तथा भक्तजनहरु साथै सिक्किम देउराली छ्योर्तेन गुम्बाका धर्मगुरू कुन्जाङ तेन्पे ग्याल्छेनप्रति डिन्छेन शेराब छ्योइलिङ गुम्बाका धर्मगुरु पाल्जोर लामाले आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *