मङपु जनमैदानलाई स्टेडियम बनाइने, सर्वेक्षण टीम-द्वारा नापजोख गर्ने कार्य जारी

मङपु: मङपु जनमैदानलाई स्टेडियम बनाउने योजनाको प्रथम काम शुरु भइसकेको छ। जीटीए मुख्य कार्यपाल अनित थापा अनि क्षेत्रीय सभासद रतन थापाको नेतृत्वमा मङपु जनमैदानलाई स्टेडियमको बनाउनको निम्ति सरकारी तौरमा मैदानको नापजोख कार्य शुरु भएको छ। हिजो अनि आज सर्वेक्षण टीमले मङपु जनमैदानको निरीक्षण गर्दै डीपीआर तयारी गर्नको निम्ति नापजोखको काम शुरू गरिसकेको छ। जीटीएले पेसोक गार्लाङमा स्टेडियम बनाइ सकेपछि मङपुमा पनि चाँडै नै स्टेडियम बनाउने काम शुरु गर्ने भएको छ। जीटीए क्षेत्रभरिमै मङपु केन्द्र स्थल रहेको अनि मङपुवासीको स्टेडियम बनाइदिने दीर्घकालीन माग रहेको कारण नै मङपु जनमैदानलाई  स्टेडियम बनाउने कार्य शुरू गरिएको छ। स्टेडियमको डीपीआर तयारी गर्न आउने इन्जिनियरहरूसित हिजो स्थानीय सभासद रतन थापा स्वयम् मङपु जनमैदानमा उपस्थित थिए। यसैगरी आज शनिबारको दिन पनि मङपु खेलकुद संघका सचिव राम पोख्रेल अनि मङपु युथ क्लबका प्रतिनिधीहरू उपस्थित थिए। मङपु जनमैदानलाई  स्टेडियम बनाउनको निम्ति प्रथम डीपीआर तयारी गर्ने काम शुरु भएकोमा समग्र मङपुवीसीमा हर्षको लहर छाएको छ। मङपुलाई यति ठुलो उपहार प्रदान गरेकोमा मङपु खेलकुद संघका सचिव राम पोख्रेल अनि मङपु युथ क्लबका सभापति मन्जय गुरुङले जीटीए कार्यपाल अनित थापा अनि जीटीए मङपु लाब्दा समष्टि कार्यकारिणी सभासद रतन थापालाई आभार व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *