मङ्पुका क्षय रोगीहरूलाई कोरोना भ्याक्सिन

मङ्पु: तकदाह खण्ड स्वास्थ्य विभाग अनि मङपु अस्पताल संरक्षण समितिको संयुक्त आयोजनामा आज यहाँको अस्पतालमा मङपु क्षेत्रका क्षय रोगी (टीबी)हरुलाई कोभिड 19- को भ्याक्सिन लगाइयो। मङपु अस्पतालमा यसको संरक्षण समितिको पक्षबाट क्षय रोगीहरूलाई पौष्टिक आहार, हरलिक्स, एन-95 मास्क, ह्यान्ड सेनिटाइजर आदि मङपु पुलिस प्रभारी एसआई बिजय थामी, स्वास्थ्य कर्मचारी रुपेश सिङदन, अस्पतालका डाक्टर अरुप घोषाल, संरक्षण समितिका किरण पाख्रीन, वरिष्ट पत्रकार केशर मोक्तानको बाहुलीबाट प्रदान गरियो। आज मङपु क्षेत्रका मोठ 11 जना क्षय रोगीहरूलाई तकदाह खण्ड स्वास्थ्य  विभागको पहलमा कोभिड 19 को खोप लगाइएको स्वास्थ्य अधिकारीले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *