मङपु कला संरक्षण समितिले थीम सङ्ग निकाल्ने

मङपु : यस वर्ष नै स्थापित भएको मङपु कला संरक्षण समितिले केही दिन अघि  स्थानीय कलाकारहरूलाई प्रोत्साहन जनाउँदै एउटा कार्यक्रमबीच सम्मान  जनाइयो। संस्थाका संयोजक अनित खातीले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त संस्थाले अब थीम गीत निकाल्नेबारे जानकारी दिएका छन्। उक्त संस्थालाई विभिन्न कार्यक्रममा सहयोग पुर्‍याउँदै 20 हजार रुपियाँ प्रदान गरेकोमा डम्बर  छेत्रीलाई संयोजक खातीले आभार व्यक्त गरे। उक्त संस्थाले थीम गीतको छायाँङ्कन मङपु वरिपरिका क्षेत्रहरूमा गरिने भिडियोग्राफार भुपेन छेत्रीले जानकारी गराए। अर्कोतिर, मङपु क्षेत्रका गायक अनि सङ्गीतकारहरूलाई लिएर थीम गीत रिकर्डिङ गरिने सुदेस लमजेलले बताए। यसरी कला र शिल्प गर्ने जति पनि मङपु वरिपरि व्यक्तिहरूलाई मङपु कला संरक्षण समिति संघसँग जोडिने संस्थाका सदस्य जिक्मी लामाले अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *