मङपुका साहित्यकार कृष्ण गिरी, डा. बेबेतो राई अनि डा. आदर्श थापालाई  सम्मान

मङपु : चालीस धुरा जनकल्याण विकास समितिले मङपु विभाग चालीस धुरा जनमैदानमा आज एउटा कार्यक्रमबीच मङपुका साहित्यकार कृष्ण गिरी, डा. बेबेतो राई अनि डा. आदर्श थापालाई संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। मङपुका साहित्यकार (कृष्ण गिरी) केबी गिरीले समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्वर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। यसैगरी, कृषि विश्वविधालय कुचबिहारबाट हर्टिकल्चर विषयमा डक्टर डिग्री हासिल गरे वापत मङपुका बिजय थापा र इन्दिरा थापाकी छोरा आदर्श थापालाई आयोजक समितिको पक्षबाट सम्वर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो।


सत्य साई उच्च शैक्षिक संस्थान पुट्टापर्थी बेङ्लोरबाट मुटुरोग उपचार सम्बन्धी अति आधुनिक तक्निकी शोधकार्य विषयमाथि डाक्टर डिग्री हासिल गरेका सुमित राई अनि रेखामणि राईको छोरो बेबेतो राईलाई आयोजक समितिले संवर्द्धना पत्र दिएर सम्मान जनाइयो। डीके वाईबाले सञ्चालन गरेको समारोहमा अध्यक्ष बिजय कुमार तामाङ, प्रमुख अतिथि शशि भुषन राई, विशिष्ट अतिथि मनजीत थापा, रुपास बम्जन, नबिन मिश्र अनि विज्ञान मिश्रको बाहुलीबाट तिनीहरूलाई  अङ्ग वस्त्र, नेपाली टोपी तथा संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *