मङपुको विभिन्न ठाउँमा 74औँ स्वतन्त्रता दिवस पालन

मङपु : मङपुको विभिन्न ठाँउमा आज 74औँ स्वतन्त्रता दिवस पालन गरियो। भूतपूर्व सैनिक संगठन मङपु शाखा कार्यलयमा संगठनका सभापति बलिन्द्र ब्लोनको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरियो। आजको कार्यक्रममा मङपुभरिका भूतपूर्व सैनिक उपस्थित थिए। यसैगरी, मङपुमा गोजामुमो पार्टी कार्यलयमा आरपी शेर्पाको अध्यक्षतामा प्रमुख अतिथि भूतपुर्व शिक्षक श्याम सुदन राईको बाहुलीबाट झण्डा उत्तोलन गरेर 74औँ स्वाधीनता दिवस पालन गरियो। रन्जीत सिन्चुरीले सञ्चालन गरेको आजको यस स्वतन्त्र दिवस  कार्यक्रममा विशेष रूपले समष्टि मूल सचिव गगन राई, केन्द्रीय सदस्य मिरेन लामा, कार्यकारीणी अध्यक्ष अनिल छेत्री, उप सभापति सुदेश थापा,  राम पोखरेल,  नारी मोर्चा सचिवा बुनु थापा,  मर्चेन्ट एसोसिएसन भगवती प्रसाद, शेर्पा एसोसिएसन हेन्ते शेर्पा, सर्भिलेन्स कमिटि कोडिनेटर किरन पाख्रिन, सीपी डब्ल्युयु केन्द्रीय समितिका मूल सचिव अमृत खड्का, युनियन मूल सचिव रिनेश शेर्पालगायत बुथ कमिटीका प्रतिनिधिहरू उपस्थित थिए।


आर्कोतिर, 74औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आज मङपु वर्कर एन्ड वेलफर एसोसिएसनद्वारा नालीडाँडामा राष्ट्रिय झण्डा उत्तोलन गरेर स्वतन्त्रता दिवस पालन गरियो। गाउँकै वरिष्ठ व्यक्ति नरेन्द्र राइको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरियो भने कार्यक्रममा गाउँका वरिष्ठ व्यक्तिहरू केबी राई, बुद्ध कुमार मोक्तान, श्याम मोक्तान, मनोज सुब्बा, कुमार रनपहेली, खरसाङ महकुमा गोजयुमो सचिव बिज्ञान मिश्र, युवा मोर्चा केन्द्रिय प्रवक्ता अनित खाती, मङपु समष्टि युवा मोर्चा सभापति दिव्य बम्जन, प्रवक्ता विभोर सिङ्दान साथै यस क्षेत्रका व्यापारी वर्गहरू उपस्थित थिए। मङपु ट्रक पिकअप चालाक संगठनले पनि संगठन कार्यालयमा सभापति अशोक गहतराजको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरेर स्वतन्त्रता दिवस पालन गर्यो। अर्कोतिर, यहाँको एनएचपीसी  चरण तीन कार्यलयमा मुख्य अभियन्ता प्रभारी एके ग्रोबरले राष्ट्रिय झण्डा उत्तोलन गरेर 74औँ स्वतन्त्रता दिवस पालन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *