मङ्पुको विभिन्न गुम्बामा बुद्ध जयन्ती पालन

मङ्पु: भगवान बुद्धको जन्म जयन्ती आज मङपुको विभिन्न गुम्बामा भव्यताको साथ पालन गरियो। यहाँको लाब्दा दोङग छोइलिङ सार्वजनिक बौद्ध गुम्बा, छ्योखरलिङ सार्वजनिक बौद्ध गुम्बा, डिछेन थार्बलिङ सार्वजनिक बौद्ध गिम्बा, उर्गेन तेरलिङ छयुबुक साम्तेन गुम्बा, झोक्छेन कोनछ्योक च्युदुई सार्वजनिक बौद्ध गुम्बा आदिमा 108 बत्ती बालेर स्थानीय लामा धर्मगुरुहरुद्वारा पुजा अर्चना गर्दै बुद्ध जयन्ती पालन गरियो। आज बिहान प्रत्येक गुम्बाबाट शोभायात्रा निकालेर भक्तहरुले भगवान बुद्धको पुस्तक टाउकोमा बोकेर धर्मगुरुहरुको साथमा नगर परिक्रमा गरे। स्थानीय लाब्दा दोङग छोयलिङ सार्वजनिक बौद्ध गुम्बामा टुल्कु होइशेर रिम्पोर्छेको बाहुलीबाट भक्तजनहरुलाई आशीर्वाद प्रदान गर्नको साथै अभिषेक (वाङ) वितरण गरियो।


यसरी नै, मङपुको रेशेप, लाब्दा, मङपुर अनि रम्बी बीचकमानका गुम्बाहरुमा पनि स्थानीय धर्मगुरुहरुबाट वाङ वितरण गरियो। अर्कोतिर, रेशेप उर्गेन तेरलिङ छयुबुक साम्तेन सार्वजनिक बौद्ध गुम्बामा आज बुद्ध जयन्तीको पवन अवसरमा भगवानको नयाँ प्रतिमाहरु राख्न सफल भएकोमा गुम्बा पुजा आयोजक समितिले सम्पूर्ण धर्म अनुरागी सहयोगीहरुलाई आभार व्यक्त गरेका छन्। यसरी नै मङपु लाब्दा विभाग अधिनस्त दोङग छोईलिङ सार्वजनिक बौद्ध गुम्बाको नवनिर्माण कार्य युद्धस्तरमा भइरहेकोले गुम्बा निर्माण समितिले सम्पूर्ण भक्तजनहरुलाई सहयोग गरिदिने अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *