मङ्पुको एन्डरसन रोड उद्घाटनसँगै दुईवटा पुस्तकको विमोचन

मङ्पु: पश्चिम बङ्गाल सिन्कोना एवम् हर्टिकल्चर विभागका अतिरिक्त सहसचिव डा. सुब्रत गुप्तको बाहुलीबाट मङ्पु सिन्कोना निर्देशालय जाने एन्डरसन रोडको उद्घाटन गरियो। मङपु सिन्कोना निर्देशालयको आयोजनामा डा. सामुएल राईको प्रमुख उपस्थितिमा दलज्योर कन्स्ट्रकसनद्वारा नवनिर्मित 300 मिटर एनडरसन रोडको विधिवत् रूपमा आज उद्घाटन गरियो। त्यसपछि मङ्पु सिन्कोना निर्देशालय प्रांगणमा डा. सामुएल राई र डा. राजेन्द्र योञ्जनद्वारा लिखित पुस्तक ‘बङ्गाल प्लान्ट मेडिका ’ अनि राजीव गोगई, नर्बु शेर्पा र सिन्कोना निर्देशक डा. सामुएल राईद्वारा लिखित ‘वाईल्ड बालसाम्स’ नाम गरेको पुस्तकको विमोचन गरियो।


अतिरिक्त संयुक्त सचिव डा. सुब्रत गुप्त, अतिरिक्त सचिव सौरभ पहाडी, जीटीए सचिव पुनम बालाम, हर्टिकल्चर व्यवस्थापन निर्देशक एमडीई एनउर रहमन, सिन्कोना विभागीय ईडी सोनाम भुटिया तथा लेखकहरुको बाहुलीबाट ती दुईवटा पुस्तकको विमोचन गरियो। यसैगरी, मङ्पु सिन्कोना निर्देशालय भवनमा अधिकारीहरुलाई लिएर सिन्कोना बगान बिषयमा एउटा बैठक गरियो। प्राप्त जानकारी अनुसार, आज नै मङपुबाट प्रस्थान गरेपछि तिनीहरुले मन्सोङ सिन्कोना बगानमा अवस्थित जालसा बङ्लोमा नवनिर्मित ट्री हाउस-को पनि उद्घाटन गरिने भएको बताइएको छ। स्मरण रहोस, भारत स्वतन्त्रता हुनुभन्दा अघि थम्स एन्डरसनले नै दार्जिलिङ जिल्लाको मङपुमा सिन्कोनाको खेती शुरू गरेको कारण नै सिन्कोना बगान निर्देशक डा. सामुएल राईको पहलमा आज तिनकै नाममा मङपु सिन्कोना निर्देशालय जाने सडकको उद्घाटन गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *