मङपुको लाब्दा अनि रोङचोङ ग्राम पञ्चायतमा दैलोमा सरकार कार्यक्रम

मङ्पु: तकदाह आरआर ब्लक अन्तर्गत मङपुको लाब्दा अनि रोङचोङ ग्राम पञ्चायतमा दैलोमा सरकार शिविर आज समपन्न भयो। लाब्दा ग्राम पञ्चायत अन्तर्गत लाब्दा खास प्राथमिक पाठशाला भवनमा ग्रामपञ्चायत सचिव सुबास सेवाको नेतृत्वमा अनि रोचोङ ग्राम पञ्चायतमा ग्राम पञ्चायत सचिव रमेश प्रधानको अगुवाइमा दैलोमा सरकार कार्यक्रम सम्पन्न गरियो। दैलोमा सरकार कार्यक्रममा स्थानीय स्वनिर्भर समुहहरुले पनि खाद्यान्न सामग्रीहरु बिक्री गर्न राखिएको थियो। यस अवसरमा सूचना एवम् सांस्कृतिक लोकप्रकल्प विभागका कलाकारहरूले गीत तथा नृत्यहरू प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध पारे।


स्थानीय ग्रामवासीहरुले राज्य सरकारद्वारा प्रदान गरिएको प्रकल्प स्वास्थ्य साथी, रुपश्री, कन्याश्री, खाद्यश्री शिक्षाश्री, एक्यश्री, लक्ष्मी भन्डार, सयदिने रोजगार, कृषक बन्धु लगायत अन्य सुविधाहरूको लाभ उठाए। आजको शिविरमा विपन्न परिवारका धेरैजना परिवारलाई रंगली रंगलीयट खण्ड बिकास कार्यालयका कर्मचारीहरूको बाहुलीबाट कम्बल अनि लुगाफाटा पनि वितरण गरियो। यसरी नै आगामी 5 मार्चको दिन रोङचोङ ग्राम पञ्चायतको मङपु विभाग प्राथमिक पाठशाला मैदानमा अनि 7 मार्चको दिन लाब्दा ग्रामपञ्चायतको लाब्दा खास प्राथामिक पाठशाला मैदानमा दोस्रो पल्ट दैलोमा सरकार कार्यक्रम हुने भएको छ। अर्कोतिर, रेसेप ग्राम पञ्चायत अन्तर्गत सरस्वती विद्यालय भवनमा 19 फरवरी अनि 5 मार्चको दिन दैलोमा सरकार कार्यक्रम शिविर हुने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *