मङ्पुको लाब्दा बस्तीमा कोरोनाको जाँच

मङ्पु: दार्जिलिङ जिल्लाको तकदाह ब्लक अन्तर्गत पर्ने मङ्पु क्षेत्रमा पनि कोरोनाले संक्रमित मानिसहरूको सङ्ख्या बढेपछि यसको रोकथाम गर्ने उद्देश्य लिएर आज लाब्दा ग्राम पञ्यायतमा पर्ने लाब्दा बस्तीमा कोरोनाको रेपिड एन्टिजेन टेस्ट गरियो। आज लाब्दा बस्तीमा एएनएम दास्की थापाको नेतृत्वमा स्थानीय मानिसहरुले कोरोना जाँच गरेपछि गोजमुमो विनय खेमाका नेता बिज्ञान मिश्र र बिभोर सिङदनले त्यस क्षेत्रमा सेनिटाइज गरे। यसरी गाउँमा नै आएर आरटीपीसीआर टेस्ट गरि दिएकोमा एएनएम रिना धमाल अनि सम्पूर्ण स्वस्थ्य कर्मीहरूलाई स्थानीय शरण तामाङले आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *