मङ्पुको रेसेप र रोङचोङ ग्राम पञ्चायतमा दैलोमा सरकार शिविर सम्पन्न

मङ्पु: रंगली-रंगलीयट तकदाह ब्लकको आयोजनामा मङपुको दुईवटा ग्राम पञ्चायत रेसप र रोङचोङमा आज दैलोमा सरकार (द्वारे सरकार) कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। स्थानीय मानिसहरुले दैलोमा सरकार कार्यक्रम अन्तर्गत आज लक्ष्मीभण्डार योजना, स्वास्थ्य साथी, सयदिने रोजगार, रुपाश्री, आक्यश्री, खाद्य साथी, कृषि बन्धु अनि अन्य योजनाहरुको भरपुर लाभ उठाएको जानकारी रेसेप ग्राम पञ्चायत सचिव तारा योञ्जन अनि रोङचोङ ग्राम पञ्चायतका सचिव रमेश प्रधानले जानकारी दिएका छन्।

लक्ष्मी भण्डार योजनामा ज्यादा भीड रहने भएको कारण रोङचोङ ग्राम पञ्चायतको क्लस्टर क्लब अनि शारदा स्कुल भवनमा पनि यस योजनाको निम्ति छुट्टै क्याम्प राखिएको तिनले जानकारी दिए। यसभन्दा अघि लाब्दा ग्राम पञ्चायतमा गत 29 अगस्तको दिन दैलोमा सरकार कार्यक्रम सम्पन्न भइसकेको लाब्दा ग्राम पञ्चायत सचिव सुबास सेवाले जानकारी दिएका छन्। रेसेप अनि रोङचोङ ग्राम पञ्चायतमा आगामी 14 सेप्टेम्बरको दिन फेरि दोस्रोपल्ट दैलोमा सरकार कार्यक्रम हुने भएको जानकारी सचिव प्रधानले दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *